Logo
७ बैशाख २०८१, शुक्रबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई र सनराइज बैंकले चम्काए नाफा

काठमाडौं : ग्लोबल आइएमइ बैंकले चालु आर्थिक वर्ष (२०७५/०७६) को तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड २१ लाख नाफा कमाएको छ । गत बर्षको यसै अवधिमा बैंकको नाफा १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ थियो । यो गत वर्षको तुलनामा ३२।५५ प्रतिशतले नाफा बढी हो ।

बैंकले ३ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले ब्याज आम्दानी मनग्गे गर्दा नाफामा बढोत्तरी देखिएको छ ।

बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको बेस रेट ९.६० प्रतिशतमा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकको बेसरेट ११.६८ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी २४.२१ रुपैयाँ रहेको छ ।

यता, सनराइज बैंकले पनि नाफामा बढोत्तरी गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले १ अर्ब २२ करोड ६० लाख खुद नाफा गरेको छ । बैंकले गतवर्ष ९४ करोड २१ लाख नाफा गरेको थियो । बैंकको वित्तरण योग्य नाफा भने ९१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

बैंकले ७२ अर्ब १९ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ६८ अर्ब ८१ करोड रुपैयाँ ग्राहकहरुलाई ऋण प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५ पैसा छ ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्