Logo
१५ चैत्र २०८०, बिहीबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई समर्थन गर्नेछ’ : राष्ट्रपति सी

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उच्चस्तरीय भेटवार्ता भएको छ ।

भेटमा सीले आफूले नेपालसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको बताएका छन् । राष्ट्रपति भण्डारी दोस्रो अन्तर्राष्ट्रिय बीआरआई फोरममा सहभागी हुनका लागि चीन भ्रमणमा छिन् । शनिवार चीनको राजधानी बेइजिङमा सम्पन्न भएको बीआरआई फोरममा भण्डारीसँगै विश्वका कयैन देशका प्रतिनिधि सहभागी भएका थिए ।

सम्मेलनपछि राष्ट्रपति भण्डारी ‘२०१९ बेइजिङ अन्तर्राष्ट्रिय बागबानी प्रर्दशनी’मा पनि सहभागी भइन् । यस क्रममा सोमबार दुई नेताबीच उच्चस्तरीय भेट भयो । भेटवार्ता अघि चीनले नेपालकी राष्ट्रपतिलाई उच्च सम्मान प्रदान गरेको थियो । राष्ट्रपति भणडरीसँगको भेटका क्रममा सीले ‘चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने प्रयास, नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई समर्थन गर्ने’ बताए ।

त्यस्तै चिनियाँ सरकारी मिडिया सीजीटीएनमा प्रकाशित समाचार अनुसार सीले ‘आन्तरिक आवश्यकता अनुरुप सामाजिक प्रणाली तथा विकास मार्ग चयनको लागि नेपाल स्वतन्त्रत रहेको’ र चीनले नेपालको चयनको समर्थन गर्ने बताए । सीजीटीएनका अनुसार चिनियाँ राष्ट्रपति सीले लामो कालदेखि चीनका प्रमुख चाख र चासोप्रति नेपालले गरेको समर्थनको लागि कृतज्ञता व्यक्त गरे ।

उनले द्विपक्षीय सहकार्य थप उचाईमा पु¥याउनको लागि विधायीकी इकाई, राजनीतिक पार्टी, युवा, थिङ्क ट्याङ्क, मिडिया र स्थानीय स्तरका आदान प्रादन बढाइनुपर्ने आह्वान गरे । जवाफमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परिर्वतन र विकासमा चीनको समर्थनको लागि धन्यवाद दिइन् । उनले नेपाल एक चीन नीतिप्रति अडिग रहेको र नेपाली भूमीमा कुनै पनि शक्तिलाई चीन विरोधी कार्य गर्न स्वीकृति नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

बीआरआईलाई ऐतिहासिक योजनाको रुपमा प्रशंसा गर्दै भण्डारीले बीआरआईले द्विपक्षिय सहकार्यका लागि राम्रो अवसर प्रदान गरेको बताइन् । राष्ट्रपति भण्डारीले चीनको दीर्घकालिन विकास र स्थायीत्व नेपालको समृद्धिको लागि अवसर भएको कुरा पनि उल्लेख गरिन् ।

नेपाल र चीन लामो सिमाना जोडिएका देश हुन् । विकासोन्मुख देश नेपाल सिमाना जोडिएको दुई देशमध्य चीन एक हो । सम्बन्धको कुरा गर्दा हाल चीन नेपालमा सवैभन्दा धेरै लगानी गर्ने दाता राष्ट्र हो । त्यस्तै चीन नेपालको दोस्रो ठूलो व्यापारिक सहयात्री हो भने नेपालमा आउने पर्यटकको कुल संख्यामा चिनियाँ पर्यटक दोस्रो स्थानमा छन् ।

भेटवार्ता पछि दुई नेताले द्वीपक्षिय सम्झौतामा हस्ताक्षर कार्यक्रमको साक्षी बसेका थिए ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्