Logo
८ बैशाख २०८१, शनिबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशका पसल’ बन्द गर्ने घोषणा सहित तराई-मधेश फोरम नेकपामा समाहित

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण भएको छ। तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन् ।

प्रचण्ड निवासमा खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै पाटी एकिकरण भएको घोषणा भएको छ। मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले अगामी चुनावमा मधेशका पसल (पार्टी) हरु बन्द हुने दावीसमेत गरे।

मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।

क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादवले मधेशमा समस्या समाधानका लागि नेकपासँग पार्टी समायोजना गरिएको बताए ।

अमर यादवसहित ईशनाथ नगरपालिका रौतहट कांग्रेसका मेयर सन्तोष मेहत्ता र राजपाबाट रौतहट ३ का उम्मेदवार ओमप्रकाश जयसवाललगायतका स्थानीय नेताहरू पनि नेकपामा प्रवेश गरेका छन् ।

प्रचण्डले उनीहरूलाई टीका लगाई नेकपामा प्रवेश गरेका छन् । नेकपाका नेता प्रभु साहको पहलमा उनीहरूले आफ्नो पार्टीलाई नेकपामा बिलय गराएका हुन् ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्