Logo
८ बैशाख २०८१, शनिबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केकी र दीपकको जोडी ‘छ माया छपक्कै’मा देखिने

काठमाडौं :  सोमबार होटल सोल्टीमा एक कार्यक्रमका बीच फिल्म ‘छ माया छपक्कै’ को औपचारिक घोषणा अति नाटकीय शैलीमा घोषणा गरिएको छ ।

सो अवसरम कलाकार केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले प्रहसन मार्फत रमाइलो गराएका थिए । शहरमा हुर्किएकी एक युवती र सोझो केटाको कथा रहेको फिल्मको दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेकी छन् ।

दीपेन्द्र लामाको निर्देशन रहने छ । फिल्ममा केकी र दीपकराज जोडीको रूपमा देखिदै छन्, भने केदार र जितुको पनि मुख्य भूमिका रहने कार्यक्रममा जानकारी दिइयो । केही कलाकार छनौटको क्रममा रहेको निर्देशक लामाले जानकारी दिए ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ । जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज, संवादमा दीपकका साथमा केदार, जितु र अभिमन्यू निरबीको रहेको छ । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्