Logo
१२ बैशाख २०८१, बुधबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अचम्म ! एउटा यस्तो अफिस जहाँ बुधबार काम गर्न मनाही छ

बुधबार, यसदिन उनका धेरैजसो साथी काममा हुन्छन्, तर टिफनी स्रेइवन टेनिस कोर्टमा हुन्छिन् । मेल्बर्नकी प्रोजेक्ट मयानेजर बुधबार बिहान ९ बजेदेखि आफैं टेनिस सिक्छिन् र प्रतिस्पर्धी खेलका लागि आफूलाई तयार पार्छिन् ।

टिफनीले अफिस छाडेकी होइनन् । विगत करिब एक वर्षदेखि भर्सा नामको डिजिटल मार्केटिङ एजेन्सी, जहाँ उनी काम गर्छिन्, प्रत्येक बुधबार बन्द हुन्छ । यो कम्पनीले हप्ताको ४ दिन काम गर्ने कर्मचारीलाई पाँचै दिनको तलब दिने गर्छ ।

यो कम्पनीका कर्मचारी सोमबार र मंगलबार काम गर्छन् त्यसपछि बिहिबार र शुक्रबार पुनः काममा फर्कन्छन् । बुधबार कुनै मिटिङ राखिएको हुँदैन । यद्यपी, ग्राहकको तत्कालै गर्नुपर्ने केही काम आइलाग्यो भने कर्मचारीले फोन भने उठाउँछन् ।

जब टिफनीलाई यस्तो योजनाबारे जानकारी दिइयो तब उनी निकै उत्साहित भइन् । तर कता कता उनलाई डर पनि लाग्यो । प्रोजेक्ट म्यानेजर भएको नाताले उनी कर्मचारी र ग्राहक दुबैको मुख्य सम्पर्क केन्द्र हुन् त्यसकारण समयमा काम पूरा गर्न नसक्दा उनलाई पो यसको भार पर्ने हो कि भन्ने डर लाग्यो ।

तर भर्साका कर्मचारी उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्छन् । बुधबारको छुट्टी अघि नै उनले कर्मचारीलाई महत्वपूर्ण काम पूरा गर्ने वातावरण मिलाइदिन्छिन् । बैठकलाई महत्व दिइन्छ र कर्मचारीहरु अनावश्यक कुराकानी गरेर आफ्नो समय बर्बाद गर्दैनन् । प्रत्येक १५ दिनमा कम्पनीले के काम भयो र के गर्न बाँकी छ भनेर समीक्षा गर्ने गर्छ ।

‘सबैजना काम गर्न रुचाउँछन् किनभने हप्ताको बीचमा दिइएको छुट्टी गुमाउन कोही पनि चाहँदैनन्,’ टिफनीले भनिन् । ‘यदि म बुधबार छुट्टी चाहन्छु भने म आफ्नो हप्ताको राम्रो योजना बनाउँछु ।’

कम्पनीले यस्तो नीति गत वर्षको जुलाईदेखि लागू गरेको हो । त्यतिबेला देखि अष्ट्रेलियाली कम्पनीको आम्दानी ४६ प्रतिशतले वृद्धि भएको छ र कम्पनीको नाफा तेब्बरले बृद्धि भएको कम्पनीकी संस्थापक अध्यक्ष एवं मुख्य कार्यकारी अधिकारी काथ ब्ल्याकहामले भनिन् ।

‘हामी कामलाई जित्छौं किनभने हामी राम्रो काम गर्नका लागि परिचित छौं,’ उनले भनिन् । ‘हप्ताको बीचमा दिइएको छुट्टीले कर्मचारीलाई जिममा जान, घरको छतमा आराम गरेर बस्न, सन्तानसँग समय बिताउन, महत्वपूर्ण काम गर्न, आफ्नो नयाँ व्यवसयमा काम गर्न वा नेटफ्लिक्स हेर्ने समय दिन्छ । कहिलेकाँही उनीहरुलाई अफिसमा काम गरिरहेको पनि देख्न सकिन्छ । बिरामी बिदामा भारी कमी आएको छ, कर्मचारीहरुको सन्तुष्टि बढेको छ,’ उनले भनिन् ।

किन बुधबार नै ?

बिदामा बसेर अफिस फर्कंदा काम गर्न जुन उत्साह जाग्छ त्यही उत्साहलाई हप्तामा दुई पटक पाउन क्याथले बुधबार छुट्टी दिने सोच बनाइन् ।

प्राध्यापक जारोड हार कर्मचारीलाई बुधबार छुट्टी दिनु नै भर्साको सफलताको कारण हो भन्ने कुरा स्विकार्छन् । न्यूजिल्याण्डको अकल्याण्ड युनिभर्सिटीमा ह्युमन रिसोर्स म्यानेजमेन्टका प्राध्यापकसमेत रहेका हारले आफ्नै एक अध्ययनको क्रममा कर्मचारीसँग अन्तरवार्ता लिँदा धेरैले बुधबार नै छुट्टी रुचाउने पत्ता लगाए ।

‘कर्मचारीलाई हप्ताको बीचमा छुट्टी दिँदा कम्पनीको आम्दानीमा बृद्धि हुन्छ,’ उनी भन्छन् । ‘बुधबार छुट्टी दिनु भनेको बिहिबार तपाईं फ्रेस भएर फर्कनुहुन्छ । यतिबेला तपाईं निकै सृजनशील हुनुहुन्छ ।’

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्