Logo
८ बैशाख २०८१, शनिबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोल्पा पुगेका मुख्यमन्त्री पोखरेललाई तर्साउन ‘बम’ विस्फोट

बुटवल : रोल्पामा अज्ञात समूहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर ‘बम’ विस्फोट गराएका छन् ।

नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु भएको ५ मिनेटपछि विस्फोटको आवाज आएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दीपक खड्काले विस्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिए ।

उनले कार्यक्रमस्थलबाट धेरै टाढा विस्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिए । कार्यक्रमस्थलसम्म विस्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो ।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्