Logo
१५ चैत्र २०८०, बिहीबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री विष्टको परिवारले पिउने पानी ट्याङ्कीमा विषको हल्ला फैलाउने ३ महिलालाई पक्राउ

बुटवल : सोमवार ईस्मा गाउँपालिकाको वडा नम्वर ३ र ४ ले पिउने गरेको खानीपानी ट्याङकीमा कसैले विष राखेको अफवाह फैलाउने गरेको आरोपमा ईस्मा प्रहरी चौकीले केहि वेरअघि ३ महिलालाई पक्राउ गरेको छ । गाउँपालिकाको वडा नम्वर ४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने स्थानमा रहेको पानी ट्याङकीमा कसैले विष मिसाएको भन्ने हल्ला फैलाउने ३ महिलालाई नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक विजयदत्त तिवारीले बताए । उनले ती महिलाको नाम खुलाउन भने चाहेनन् ।

‘ती महिलामध्ये एकले अर्कोलाई पोल्ने गरेका छन्’- तिवारीले भने- ‘कसैले देखेको र विष राखेको भन्ने टुङ्गो छैन, पानी परीक्षण गर्न लगिएको छ, त्यसपछि मात्र विष राखे न राखेको पुष्टि हुनेछ ।’ स्थानीय समाजसेवी विष्णु सुनारका अनुसार अहिले ट्याङ्कीमा रहेको स्थानमा ४० देखि ५० जनासम्म उपभोक्ताहरु जम्मा भएका छन् ।

त्यस ट्याङ्गकीबाट वडा नम्वर ३ र ४ अर्थात साविक दोहली र दर्लामचौरका झण्डै ५ सय घुरीले पानी पिउने बताइएको छ । उक्त ट्याङ्कीको पानी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको परिवारले पनि पिउने गर्दछन् ।

केहिवेर अघि मन्त्री विष्टका दाजु तथा ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले उक्त ट्याङकीको पानी स्याम्पल लिएर परीक्षण गराउन सदरमुकाम तम्घासतर्फ आउँदै गरेको बताएका छन् । केही कुरौटे महिलाहरुका कारण त्यति धेरै उपभोक्ताहरु सोमवार बिहानदेखि पिउने पानीबाट बञ्चित भएका छन ।

मिसडयाबाट समाचार आएलगत्तै प्रमुख जिल्ला अधिकारी अदुनाथ पौड्याल र प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले चासो दिएको र हल्ला फैलाउने ती महिलाहरुलाई हत्कडी लगाएर सदरमुकाम ल्याउन प्रहरी प्रमुख बस्नेतले आदेश दिएको नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्