Logo
११ बैशाख २०८१, मंगलबार
(April 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लब समूहबाट नाम हटाउन प्रहरी कार्यालयमा निवेदन

बझाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध व्यक्तिले आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका-१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए ।

त्यस्तै दुर्गाथली गाउँपालिका-७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लव समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेका छन् ।

प्रहरीमा निवेदन पेश गरेपछि उनीहरूको नाम अभिलेखबाट हटाएको प्रहरी निरीक्षक साउदले जानकारी दिए । प्रहरीले जिल्लाका उक्त समूहमा आबद्ध हुनेमाथि निगरानी बढाएको छ ।

पछिल्लो समयमा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए ।

प्रकाशित मिति: Apr 27, 2019

प्रतिक्रिया दिनुहोस्