Logo
७ बैशाख २०८१, शुक्रबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राइडे रिलिज : ‘एभेन्जर्स एन्ड गेम’ भर्सेज ‘छक्का पन्जा २’

अघिल्लो साताझैँ यो साता पनि दर्शकले नयाँ नेपाली फिल्म हेर्न नपाउने भएका छन् । हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स एन्ड गेम’ आजबाट रिलिज हुने भएपछि डराएर कुनै पनि नेपाली फिल्म रिलिज गर्ने आँट निर्माताले गर्न नसकेका हुन् । त्यसैले ‘एभेन्जर्स इन्ड गेम’सँग पुरानै नेपाली फिल्म ‘छक्का पन्जा २’ प्रदर्शनमा आएको छ ।

हुन त आजबाट फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आउने भनिएको थियो । तर ‘एभेन्जर्स एन्ड गेम’ आउने निश्चित भएपछि फिल्म सरेर २० वैशाखमा पुगेको छ ।

‘एभेन्जर्स एन्ड गेम’

‘एभेन्जर्स इन्ड गेम’ विश्वमै धेरै माग भएको फिल्म हो । नेपालमा पनि यसको धेरै क्रेज रहेको छ । फिल्ममा मार्भल शृङ्खलाका करिब २२ फिल्मका सुपरहिरोहरु एकैसाथ देखिँदैछन् । यो फिल्म हिन्दी, तेलेगु र तमिल भाषामा पनि रिलिज हुन लागेको हो ।

‘छक्का पन्जा २’

दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा २’ दुई वर्ष अगाडि रिलिज भएको फिल्म हो । युट्युबमा नआएको यो फिल्म अत्याधिक मागका कारण पुनः रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ । दिपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्कीलगायत अभिनित यो फिल्मले ‘एभेन्जर्स एन्ड गेम’का कारण मल्टिप्लेक्समा भने न्युन सो पाएको छ ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्