Logo
१५ चैत्र २०८०, बिहीबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक विष्णु खत्रीको ‘बिचल्ली’ सार्वजनिक (भिडियो)

काठमाण्डौं :  लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत बिचल्ली सार्वजनिक भएको छ। लामो समय पछि बिष्णुले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गीत बजारमा ल्याएका हुन्।

सामाजिक यथार्थता बोकेको गीत बिचल्ली गीतमा खत्री र देवी घर्तिको आवाज छ। वैदेशीक रोजगारमा जाने सयौ नेपाली युवाले भोग्नु परेको छ कहालीलाग्दो अवस्थालाई गीत संगीतको माध्यमबाट उतार्ने जमर्को गरेका छन्। सुजन शाहीको सम्पादनमा तयार भएको गीतलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन्। मरुभूमि नारायणले छायांकन गरेको गीतमा दिलिप रेग्मी, साया भण्डारी,बिष्णु खत्री र प्रलाद सुबेदी अभिनय रहेको छ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्