Logo
४ बैशाख २०८१, मंगलबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० हजार घुससहित मालपोतका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी पक्राउ

बुटवल : मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी २० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएको भेटिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलले जनाएको छ ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्