Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालकै ठुलो वल्र्डलिंकको कर्पोरेट इन्टरनेटमा थप ‘सेफ नेट’ सुविधा

काठमाडौं : नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने जनाएको छ ।

विगत २३ वर्ष देखी उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वल्र्डलिंकले केहि वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो । वल्र्डलिंकले उक्त सेवालाई विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको हो ।

वल्र्डलिंकले रिटेल ग्राहकबाट आएको राम्रो प्रतिकृयालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहकमाझ पनि ल्याइएको जनाएको छ ।

वल्र्डलिंकले कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध गराएको छ ।

यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्र्तगत पर्ने भएकाले यो सेवा वल्र्डलिंकका ग्राहकलेमात्रै प्रयोग गर्न सक्ने पनि वल्र्डलिंकले बताएको छ ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्