Logo
८ बैशाख २०८१, शनिबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एटीएमबाट पैसा निकाल्न अब पर्दैन कार्डको जरुरत

काठमाडौँ :  एटीएमबाट पैसा निकाल्न अब कार्डक आवश्यकता नपर्ने भएको छ । हाम्रो टेक्नोलोजी प्रालिले कार्ड रहित एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउने भएको छ र टेक्नोलोजीले अहिले त्यसको सफल परीक्षण गरिरहेको पनि जनाएको छ ।

सिभिल बैङ्कसँगको सहकार्यमा कार्डविना नै पैसा निकाल्न पाइने व्यवस्थाको औपचारिक उद्घाटन यही वैशाखभित्र गर्ने हाम्रो टेक्नोलोजीका सीईओ विष्णु महर्जनले बताए । एम बैङ्क एप (मोबाइल बैङ्क) मार्फत यो सेवा सुरु गरिँदैछ । हाल २ सयभन्दा बढी सहकारी र १० वटा बैङ्क तथा वित्तीय संस्थाले एम बैङ्क सेवा लिइसकेका छन् ।

एटीएम नै सञ्चालन नगरेका बैङ्क, फाइनान्स र सहकारीले यो सेवाबाट लाभ लिन पाउँनेछन् । सिभिल बैङ्कको एटीएमबाट हाम्रो टेक्नोलोजीसँग आबद्ध बैङ्क तथा वित्तीय संस्थाले विनाकार्ड पैसा झिक्न पाउँनेछन् । तर ग्राहकले मोबाइल बैङ्क सेवा भने लिएको हुनुपर्नेछ । कार्डबिना एटीएमबाट पैसा झिक्न पाउँने नेपालका लागि नौलो प्रयोग हो ।

बैङ्कमा खाता खोल्न र ऋण लिनबाहेक कुनै पनि जानकारी लिन बैङ्कसम्म धाइरहन नपर्ने व्यवस्थाका लागि एम बैङ्क एप उपयुक्त छ । मोबाइलबाट बैङ्कको डिटेल, खाताको डिटेल पर्समा अर्थात मेरो मोबाइलमा हुन्छ । चेक रिक्वेस्ट र चेक स्टप गर्न मिल्छ ।

एटीएम नहुने संस्थाका लागि फाइदा

नेपालमा हाल ३८ हजारभन्दा बढी सहकारी छन्  जसको आफ्नो एटीएम मेसिन छैन । सहकारी मात्र होइन, कतिपय विकास बैङ्क र फाइनान्स कमपनीको समेत आफ्नो एटीएम मेसिन छैन । एटीएम बढी महँगो हुने भएकाले त्यस्ता संस्थाहरुले एम बैङ्कमार्फत कार्डलेस एटीएम सिभिल बैङ्कको एटीएमबाट प्रयोग गर्न सक्छन् ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्