Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेरी बबई आयोजना अन्तर्गत बन्ने विद्युत कर्णाली प्रदेशलाई दिनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

सुर्खेत : राष्ट्रिय गौरबको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गत बन्ने ४८ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशलाई दिनुपर्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् ।

सुर्खेतमा संघीय संसदको अर्थसमितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘यो तपाईहरुको अधिकार हो । विद्युत आयोजनाको निर्माण कार्य संघीय सरकारले सम्पन्न गरेर उपहार योजनाका रुपमा कर्णालीलाई हस्तान्तरण गर्नुपर्छ ।’

विद्युत आयोजना पाउनुपर्ने कर्णालीको माग न्यायिक रहेको भन्दै पाण्डेले विद्युत आयोजना निर्माण गरी हस्तातरण गर्ने मोडालिटी तयार गर्न संघीय सरकारका ऊर्जामन्त्री र अर्थमन्त्रीलाई बोलाएर निर्देशन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्