Logo
११ बैशाख २०८१, मंगलबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठौं राष्ट्रिय कराते खेलकुद : सिन्धुपाल्चोकका विजय श्रेष्ठले जिते स्वर्ण पदक

आठौं राष्ट्रिय कराते खेलकुद प्रतियोगिता अन्तर्गत कराते खेल तर्फ पुरुष ५५ केजी तौल समुहमा प्रदेश नं. ३ का विजय श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएको छ ।

दाङको तुल्सीपुरमा भएको प्रतियोगिताको फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश नं.१ का विवेक थापालाई ११-६ अंकले पराजित गर्दै श्रेष्ठले स्वर्ण जित्न सफल भएका हुन ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगा गढीचोक नगरपालिका वडा नं।९, कदमबास निवासी श्रेष्ठले कराते खेलको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिता जनाई सफलता हासिल गरि सकेका छन् ।

श्रेष्ठले हालै सम्पन्न विश्व सितोरियो कराते प्रतियोगितामा समेत मुलुकका लागि कास्य पदक ल्याउन सफल भएका थिए । उनले दिल्लीमा भएको साउथ एसियन कराते च्याम्पियनसिपमा स्वर्ण, मलेसिया, श्रीलंका लगायतका विभिन्न मुलुकहरु समेत विजय हासिल गरि मुलुकको झन्डालाई फराउन सफल भई सकेका छन् ।

बाल्यकाल देखिनै कराते खेलमा लागेका श्रेष्ठ बालाजु कराते एकेडेमीमा प्रशिक्षणरत खेलाडी हुन ।

उनी कराते खेलको र्याङ्किङ्गमा एसियामा टप ५ र विश्व कराते महासंघमा र्याङ्क २४ मा रहेका छन् । नेपालमा रहेका कराते खेलाडी मध्ये उनी र्याङ्कको आधारमा सबैभन्दा माथिल्लो स्थानमा रहेको खेलाडी समेत रहेको करातेका अन्तरास्ट्रिय रेफ्री एवम् प्रशिक्षक गंगालाल श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्