Logo
१२ बैशाख २०८१, बुधबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएईमा यसरी गरियो पहिलो हिन्दू मन्दिरको उद्घाटन

काठमाडौं :  संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा शनिवार पहिलो हिन्दू मन्दिरको शिलान्यास कार्यक्रममा सयौं मानिस सहभागी भएका छन् ।

मन्दिरको निर्माण श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले गरिरहेको छ । संस्थाका आध्यात्मिक प्रमुख महन्त स्वामी महाराजले करीब ४ घन्टाको कार्यक्रमको अध्यक्षता गरेका थिए । मुख्य पूजास्थलमा पवित्र इँटाहरू राखिएको थियो ।

यूएईमा भारतीय राजदूत नवदीप सूरीले उक्त अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको एक बयान पढेर सुनाए । प्रधानमन्त्री मोदीको बयानमा १३० करोड भारतीयका तर्फबाट प्रिय मित्र र अबु धाबी क्राउन प्रिन्स शेख मोहम्मद बिन जायद अल नाहयानलाई शुभकामना दिनु उनको सौभाग्य हो भने । मन्दिरको निर्माण कार्य पूरा भएपछि यो मन्दिर सार्वभौमिक मानवीय मूल्य र आध्यात्मिक नैतिकताको प्रतीक बन्ने र यो भारत तथा यूएईको साझा विरासत बन्ने उनले बताए ।

सूरीले अबु धाबीको मन्दिर वैदिक मूल्यको प्रतीक रहेको बताए । प्रधानमन्त्री मोदीको तर्फबाट सूरीले भने, ‘यूएईमा बस्ने ३३ लाख भारतीय र अन्य संस्कृतिका मानिसका लागि मन्दिर प्रेरणाको स्रोत बन्नेछ ।’

अबु धाबीमा मन्दिर बनाउने योजनालाई सन् २०१५ मा मोदीको यूएई यात्राका बेलामा स्थानीय सरकारले स्वीकृति दिएको थियो ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्