Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुटिन भेट्न किम जोङ उन रुस प्रस्थान

एजेन्सी : उत्तर कोरियाका नेता किम जोङ-उन भ्लादिमिर पुटिनसँगको वार्ताका लागि रुस प्रस्थान गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ताका लागि उत्तर कोरियाली नेता किम निजी रेल मार्फत रुस प्रस्थान गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ । किम र पुटिनबिच पहिलोपटक भेटवार्ता हुन लागेको हो ।

दुई नेताबिच बिहीबार तटीय शहर भ्लाडिभोस्तोकमा भेटवार्ता हुने तयारी छ । भेटमा कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल हुने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता भंग भएपछि किम समर्थन तथा सहयोगको खोजीमा रुसी राष्ट्रपतिसँग भेटवार्ताका लागि त्यसतर्फ लागेका हुन् । ट्रम्प र किमबिच गएको फेब्रुअरीमा हानोइमा दोस्रो भेटवार्ता भएको थियो, त्यसमा सहमति जुट्न सकेन ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्