Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेलधुरा बस दुर्घटना : ५ को मृत्यु, २५ जनाभन्दा बढी घाइते

सांकेतिक तस्बिर

काठमाडौं :  डडेलधुरामा बुधबार बिहान बस सडकबाट खोल्सामा खस्दा ५ जनाको मृत्यु र २५ भन्दा बढी घाइते भएका छन् ।

डडेलधुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको डडेलधुराको गन्यापधुरा गाउँपालिका -१ साहुखर्कमा बिहान ४ः५० बजे दुर्घटना भएको हो । दुर्घटनामा २ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

बस भिरालो सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। घाइतेहरूलार्ई उद्धार गरी अस्पताल पठाइएको छ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्