Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र राप्रपाबीचको वार्ता विनानिष्कर्ष नै टुङिगयो

काठमाडौं : धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलन चलाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र सरकारबीच आज मङ्गलबार बसेको वार्ता बिनानिस्कर्ष टुङिगएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो । छलफलबाट निस्कर्ष निस्कन नसकेकोले सरकारसँग एक हप्ताभित्रै अर्को छलफल हुने गरी आजको वार्ता सकिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । आगामी वार्ताको मिति तय भइनसकेको तर एक हप्ताभित्र सरकारसँग छलफल गर्ने सहमति भएको श्रेष्ठको भनाई छ ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गरेको राप्रपा प्रवक्ता भुवन पाठकले जानकारी दिए । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको पाठकको भनाइ छ । वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी थिए ।

राप्रपाका वार्ता टोली सदस्य राजेन्द्र लिंदेन भने वार्तामा सहभागी थिएनन्।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्