Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता बन्ने सिलसिलामा अभिनेता : सन्नी देवल भाजपामा प्रवेश, पञ्जाबबाट चुनाव लड्ने

अभिनेताहरु नेता बन्ने सिलसिलालाई सन्नी देवलले पनि निरन्तरता दिएका छन् । भारतमा लोकसभा चुनाव जारी रहँदा उनी मंगलबार औपचारिकरुपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरे ।

दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए ।

उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ ।  भाजपाले पञ्जाब-अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन ।

देवलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए । त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका थिए । शाह सहमत भएपछि देवल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन् ।

पञ्जावको लोकसभा चुनावमा भाजपाले शिरोमणी एकाली दलसित गठवन्धन गरेको छ । तीन लोकसभा सिटमध्ये ३ वटामा भाजपा उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्