Logo
१२ बैशाख २०८१, बुधबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा भित्रियो ४८ मेगापिक्सेल क्यामेरासहित ओप्पो एफ ११ प्रो, यस्ता छन् विशेषता

काठमाडौँ :  चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले ४८ मेगापिक्सेल क्यामरा भएको बजेट मूल्यको मोबाइल बजारमा ल्याएको छ । ओप्पो एफ ११ प्रो मोबाइलको पछाडिको भागमा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलका २ क्यामेरा रहेका छन् ।

सेल्फी क्यामेराको लागि चर्चित ओप्पोले यस मोबाइलमा पनि आफ्नो प्रतिष्ठा कायम राखेको छ । मोबाइलमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । अझ सेल्फी क्यामेरालाई मोबाइलको माथिल्लो भागबाट स्लाइड गरेर उठाउन मिल्ने गरी राखिएकाले यसबाट खिचिएको सेल्फी आकर्षक हुने विश्वास गरिएको छ ।

ओप्पो एफ११ प्रोको बजार मुल्य रु. ४७,९९० तोकिएको छ । ओप्पो एफ११ प्रो हरियो र कालो दुई रंगमा उपलब्ध छ । कालो मोडेलको सेटपछाडिको भागमा हल्का पर्पल र भाइलेट रंग दिइएकाले आकर्षक देखिन्छ ।

फोनका अन्य विशेषताको कुरा गर्दा यसमा १२ एनएम २.० गिगाहर्ज ओक्टाकोर मेडियाटेक हेलियो पी७० प्रोसेसर राखिएको छ । यसले राम्रो परफरमेन्स दिनेछ । त्यस्तै फोनको अर्को उल्लेख्नीय पक्ष बजेट मोबाइलमै पनि ६ जिबीको र्याम र १२८ जिबीको स्टोरेज हुनु हो । यति कम मूल्यको मोबाइलमा यति उच्च स्टोरेज हाल कमै मोबाइलमा मात्र उपलब्ध छ । मोबाइलमा माइक्रो-एसडी प्रयोग गरेर स्टोरेजलाई थप बढाउन सकिन्छ ।

४००० एमएएचको शक्तिशाली ब्याट्री रहेको ओप्पो एफ११ मा एन्ड्रोइडको पछिल्लो संस्करण अन्ड्रोइड ९.० चल्छ । यसलाई कम्पनीले कस्टमाइज गरेर प्रयोगकर्ताहरुका लागि थप विकल्प दिएको छ ।

ओप्पो एफ११ प्रो सेटको लागि कम्पनीले छिट्टै चार्ज हुने चार्जर दिएको छ । कम्पनीको दावी अनुसार उक्त चार्जरले चार्ज हुने समयलाई २० प्रतिशतले घटाउनेछ ।

मोबाइल सेटको डिजाइन

ओप्पो एफ११ प्रो ६.५ इन्चको ‘प्यानारोमा’ डिस्प्ले रहेको छ । मोबाइल सेटको दायाँ छेउमा दुई वटा ‘नानो’ सिम कार्ड स्लट छन् ।

‘सिम ट्रे’को ठ्याक्कै तल ‘पावर बटन’ राखिएको छ । ‘पावर बटन’को मध्य-भागमा राखिएको बल्ने निलो लाइटले त्यसलाई प्रष्टै चिनाउने त गर्छ नै त्यसले मोबाइलको सौन्दर्य पनि बढाएको छ । ‘पावर बटन’ मोबाइल सेटको बीच भागभन्दा केही माथि भए पनि त्यहाँसम्म सजिलै औला पुग्ने गरी राखिएको छ ।

मोबाइलनको बायाँ भागमा भोल्युम बटनहरु छन् । मोबाइलको शीर्ष भागको केन्द्रमा ‘पप-अप’ सेल्फी क्यामेरा छ । त्यस्तै मोबाइलको तल्लो भागमा ३.५ एमएम अडियो ज्याक, एक इअरफोन, एक माइक्रो–युएसबी चार्जिङ पोर्ट र ३ सनो क्याप्सुल आकारको स्पीकर भेन्ट छन् । यी सबै वायाँबाट दायाँ लहरमा मिलाइएको छ ।

मोबाइलको पछाडि ४८ मेगापिक्सेल र ५ मेगापिक्सेल क्यामेराको अतिरिक्त थोरे उठेको भागमा एलईडी फ्ल्यास रहेको छ । यी दुई क्यामेरा रहेको भागमुनि फिंगरप्रिन्ट रिडर छ । फोन बोक्नलाई आरामदायी छ । त्यति धेरै चिप्लो नभएकाले बोक्दा खसिहाल्ला भन्ने डर हुदैन ।

अगाडिको १६ मेगापिक्सेलको क्यामेरालाई स्लाइड गरेर माथि निकाल्न सकिन्छ । अझ यसमा एआईमा आधारित ब्युटिफिकेसन मोड, पोरटेट मोड र अन्य विशेषताले फोटो प्रेमीलाई धेरै विकल्प प्रदान गरेको छ ।

ओप्पो एफ११ प्रो डिस्प्ले

माथि उल्लेख गरिएझैं एफ११ प्रोमा ६.५ इन्चको एफएचडीप्लस (१०८०×२३४० पिक्सेल्स) ‘प्यानोरामिक’ डिस्प्ले छ । यो ९०.९ प्रतिशत स्क्रीन-टु-बडि रेसियोमा उपलब्ध छ । अगाडिको क्यामेरालाई स्लाइडमा राखेर स्कृनमा ठाँउ रहदाँ स्क्रीन ठूलो देखिन्छ । त्यस्तै मोबाइल सेटको तल्लो भाग भने अन्य तीन तिरको भन्दा थोरै मोटो छ ।

डिस्प्लेको रंग चहकिलो र आइकनहरु स्पष्ट छन् । डिस्प्लेको उज्यालो घरभित्र प्रयोग गर्नको लागि प्रर्याप्त हुन्छ । पछिल्ला धेरै मोबाइलहरुजस्तै ओप्पो एफ११ प्रोमा ‘अटो ब्राइटनेस फिचर’ उपलब्छ छ । यसको प्रयोगले स्क्रीनको प्रकास स्वतः वाह्य उज्यालो अनुरुप बन्छ । अझ त्यो विशेषतालाई ‘ब्राइटनेस बार’को दाहिने साइडमा थपेर मोबाइलले अटो ब्राइटनेस अन, अफ गर्न सजिलो बनाइदिएको छ ।

त्यस्तै स्कृन रंग तापक्रमको लागि कुलर, डिफल्ट र वार्मर तीन विकल्प दिइएको छ । रातको समयमा डिस्प्लेबाट आउने हानिकारक ‘ब्लू लाइट’ कम गर्न पनि ‘नाइट सिल्ड’ सुविधा दिइएको छ ।

ओप्पो एफ११ प्रोको परफरमेन्स

ओप्पो एफ११ प्रोमा ओप्पो आफैले निर्माण गरेको भीओओसी ३.० छिट्टो चार्ज हुने प्रविधियुक्त चार्जर दिइएको छ । यो चार्जरमार्फत ४००० एमएएचको व्याट्री पनि १५-२० मिनेटमै ३७ प्रतिशत चार्ज पुग्छ । ७५ मिनेटमा त १०० प्रतिशत चार्ज भइसक्छ । तर चार्ज गर्दा मोबाइल केही तात्ने गर्छ । ठूलो क्षमताको व्याट्री भएका मोबाइलमा चार्ज गर्दा मोबाइल तात्नु सामान्य हो ।

मोबाइलको सेल्फी क्यामेरा एकदम सहज रुपमा तलमाथि ल्याइड हुने गर्छ । थोरै आवाज आएपनि त्यसले फोटोमा असर गर्दैन ।

मोबाइलको अनुहारबाट लक खोल्न मिल्ने विशेषता एकदम राम्रोसँग काम गर्ने गर्छ । यो सेटिङलाई प्रयोग गर्दा स्क्र्र्र्र्र्र्रिन सेतो रंगमा बदलिने गर्छ र फोन अघि रहेको अनुहार पहिचान गर्न थाल्छ । तथापि यो सेटिङ आफै नखुल्ने भएकाले छनौट गर्नु पर्नेहुन्छ । त्यसपछि न्यून प्रकासमा होस् अथवा पूर्ण अन्धकारमा यसले काम गर्छ ।

मोबाइलमा स्मार्ट ड्राइभिङ अन्तर्गत ड्राइभिङ र राइडिङ मोड छन् । ड्राइभिङ मोडले तपाईंको मोबाइललाई वाहनभित्र रहेको ब्लूटुथ उपकरणमा सम्पर्क स्थापित गर्नको लागि तयार गर्छ । राइडिङ मोडमा राख्दा भने मोबाइलमा कल बाहेक अन्य सबै नोटिफिकेसनलाई म्युट हुन्छ ।

फोनको अर्को विशेषता भनेको यसमा कयैन कार्यहरु एक्कै पटक गर्दा पनि ब्याट्री पावर कम हुदैन र मोबाइल तात्ने समस्या पनि हुदैन । यसको मतलब तपाई आफू जानुपर्ने स्थानको गुगल म्याप खोलेर आफूलाई मनपर्ने गित सुन्दै अघि बढ्दा पनि मोबाइलको ब्याट्रीमा थप भार पर्दैन ।

मोबाइलमा उपलब्ध कनेक्टिभिटीका विकल्पहरुमा फोर-जी, भोल्ट, ब्लूटुथ ४।२, वाईफाई ८०२.११एसी र सीपीएस, ए-जीपीएस छन् । त्यस्तै मोबोइलमा कम्पास र अन्य कयैन सेन्सरहरु जडान् ।

आप्पो एफ ११ प्रो क्यामेरा

पछाडि भागको क्यामेराको सन्दर्भमा, ओप्पो एफ११ प्रोमा एफर१।७ अपरचरसहितको ४८ मेगापिक्सेलको क्यामेरा छ । त्यस्तै पछाडिनै रहेको दोस्रो क्यामेरा भने एफर२.४ अपरचरको ५ मेगापिक्सेल क्षमताको छ । यस क्यामेराले तस्विरमा गहिराई प्रदान गर्छ ।

दिनको समयमा पछाडिको दुई क्यमेराहरुले सफा र डिटेल तस्विर खिच्छ । तथापी ४८ मेगापिक्सेल क्यामेरा डिफस्ल्ट क्यामेरा भने होइन । यसको लागि फोटो रेसियो सेटिङमा गएर ४स्३ (अल्ट्रा एचडी) विकल्प छनौट गर्नुपर्छ । मोबाइलमा डिफल्ट मोड भने ४स्३ हो ।

अल्ट्रा एचडीमा फोटो खिच्दा जुम, क्रोम बुस्ट, एचडीआर, फिल्टर, विउटी, एआई सिन पहिचान अथवा कन्टीनुअस सुटिङको विशेषता सपोर्ट हुदैन । यसको लागि डिफल्ट मोड प्रयोग गर्नुपर्छ ।

४स्३ र ४स्३ (अल्ट्रा एचडी) बीचको मुख्य भिन्नता भनेको अल्ट्रा एची सेटिङमा कलर स्याचुरेसन बढ्छ र स्पष्टता पनि थपिन्छ । अल्ट्रा एचडीको फोटोको आकार भने १० एमबीसम्मको ठूलो हुने गर्दछ । जब कि समान्य मोडबाट खिचिएका फोटाहरु ३-४ एमबीका हुन्छन् ।

पछाडिको क्यामेराले रातको समयमा पनि चित्तबुझ्दो फोटो खिच्छ । तर धेरै अवस्थामा क्यामेराले बढी प्रकासको माग गर्छ । रातको समयको लागि दिइएको ‘नाइटस्केप’ मोडले फोटोमा स्पष्टता ल्याउछँ । तर त्यसले प्राकृतिक रंगलाई असर गर्न सक्छ ।

जहाँसम्म सेल्फी क्यामेराको कुरा छ, जुन सुकै प्रकासमा पनि यसले राम्रो फोटो खिच्छ । तर दिनको समयमा अथवा घरभित्र खिचिएका तस्विर भने विशेष राम्रा देखिन्छन् ।

समग्रमा एफ११ प्रोको क्यामेरालाई राम्रो मान्न सकिन्छ ।

ओप्पो एफ ११ प्रोको ब्याट्री

ओप्पो एफ११ प्रोमा ४००० एमएएचको ब्याट्री हालिएको छ । यति क्षमताको व्याट्रि भएको मोबाइलमा १-२ घण्टा गेम खेल्दा, १५-२० मिनेट ३-४ भिडियो चलाउदाँ र एक घण्टा थपघट गीत सुन्दा र समाजिक संजाल चलाउदा पनि व्याट्री एक दिनसम्म सजिलै टिक्छ । तर गेम नखेल्नेहरुको सन्दर्भमा भने एफ११ प्रो डेड दिनसम्म राम्रोसँग चल्छ ।

फोनमा ब्याट्री अप्टिमाइजेसनका सुविधाहरु पनि छ । मोबाइलको चार्ज २० प्रतिशत पुगेको अवस्थामा फोनमा आफै त्यसको संकेत दिने म्यासेज आउछ । त्यो अवस्थामा तपाईले मोबाइलमा रहेको ‘सुपर आई पावर इफिसियन्सी’ सेटिङ छान्नु भयो भने यसले तपाईले आफ्ना महत्वपूर्ण काम गर्न समय दिन्छ ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्