Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सार नाकामा सशस्त्र प्रहरीद्वारा ५ करोड मूल्य बराबरको सामान बरामद

वीरगन्ज : वीरगन्ज भन्सार कार्यालयको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा टोलीले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा भारतबाट राजश्व छलेर ल्याइएका ५ करोड बढी मूल्यको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा टोलीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश सिंह ठकुरीका अनुसार, गत साउनदेखि चैत महिनासम्म ९ महिनाको अवधिमा भारतबाट राजश्व छलेर ल्याइएका ५ करोड २६ लाख ९८ हजार दुइ सय ६४ रुपैयाका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाएको हो ।

जबकी गत आर्थिक वर्ष २०७४/७५ मा भने १२ महनाको अवधीमा सशस्त्र प्रहरीले भारतबाट राजश्व छलेर ल्याइएका एक करोड ३८ लाख रुपैया मात्रको सामान बरामद गर्न सकेको थियो ।

चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले भन्सार नाकामा चेकजाचमा थप कडाइ गरेपछि यो नतिजा आएको हो । भन्सार नाकामा रहेको सशस्त्र प्रहरीले यो ९ महिनाकै अवधीमा ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध, विदेशी मुद्रो र हतियार पनि बरामद गर्न सफल भएको जनाइएको छ ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्