Logo
७ बैशाख २०८१, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि नेपालमा

काठमाडौँ : ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो ।

टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेल पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसको खेलमैदानमा हुने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने ह्विल चियर एशिया कप क्रिकेट विश्वमै पहिलो पटक आयोजना हुन लागेको उहाँकोे दाबी छ ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्