Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साखुँमा बज्रयोगिनी माइको मुख्य जात्रा यसरी मनाइयो (फोटो फिचर)

काठमाडौँ :  ऐतिहासिक शहर साँखुमा बज्रयोगिनी माइको मुख्य जात्रा सोमबार मनाइएको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन सुरु भएर वैशाख कृष्ण अष्टमीसम्म ८ दिन धूमधामका साथ मनाइने चलन छ ।

साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार यो जात्रा ३ हजार ३ सय वर्षदेखि मनाइँदै आइएको छ । पाँच थकाली गुर्जुसहित बज्रयोगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर ८ दिनसम्म साँखु बजार घुमाएर तान्त्रिकदेवीको रुपमा रहेकी बज्रयोगिनीको पूजा अर्चाना गरिन्छ । जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी र स्वयम्भूको गरि चारवटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ।

यस जात्रामा नायखीं बाजा बजाउँदै, झ्याली पिट्दै नगर परिक्रमा गरेर साँखुका ऐतिहासिक ८ वटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै जात्रा चलाइएको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ बताउँछन् ।

जात्रा अवधिभर साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने परम्परा छ ।

 

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्