Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको ट्रेलर रिलिज भएलगत्तै सलमानलाई दिए शाहरुखले बधाई भने, ‘भाइ…’

मुम्बई :  सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ ।

ट्रेलर सार्वजनिक हुनेबित्तिकै सोसल मिडियामा सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् । तर सबैभन्दा पहिले यो ट्रेलरमा जुन नायकले ट्वीट गर्दै तारिफ गरेका छन् ती हुन् शाहरुख खान । शाहरुख खानले सलमान खानको भारत ट्रेलरको प्रशंसा गर्दै लेखेका छन्, ‘के हो भाइ, निकै राम्रो छ ।’

साथै अन्य थुप्रै सेलिब्रिटीले भारतको ट्रेलरमा सलमान खानको कामको तारिफ गरेका छन् । यस्तै, आमिर खानले पनि सबैभन्दा उत्कृष्ट जोडी फिर्ता भएको भन्दै भारतको ट्रेलर रिलिज भएको बारे ट्वीटरमा जानकारी दिएका छन् ।

सलमान खानको फिल्म भारतलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । फिल्म इदको मौकामा जून ५ मा रिलिज हुँदैछ ।

 

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्