Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलेक्ट्रोनिक्स पसलमा आगलागी, १ करोड बराबरको क्षति

                                                                                                                                                                                      सांकेतिक तस्बिर

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो ।

आगलागीका कारण धेरै सामान जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट १ करोड बराबरको क्षति पुगेको अनुमान गरेका छन् ।

पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्