Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता माधवकुमार नेपालले बीचैमा कार्यक्रमस्थल छोड्दा बन्यो बहसको विषय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले ७०औँ स्थापना दिवस मनाएको छ । एकता दिवस मनाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा कार्यक्रमस्थल छोड्दा बहसको विषय बन्यो ।

सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच जिल्ला तहमा एकता भएको घोषणा गरियो । केन्द्रीय सचिवायलयमा सर्वसम्मतले एकताको प्रक्रिया पूरा भएको महासचिव विष्णु पौडेलले जानकारी दिएका थिए । महासचिवको घोषणा लगत्तै जिल्लाका अध्यक्ष र सचिवको सूची सचिवालय सदस्यहरूलाई वितरण गरिएको थियो ।

उक्त पत्र हातमा परेलगत्तै वरिष्ठ नेता नेपाल भने बाहिरिए । नेता नेपालले कार्यक्रम स्थल छोड्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलिरहेका थिए । उनले एकता र सरकारले गरेका काम तथा नेकपाको इतिहासबारे सम्बोधनमा भनाइ राखिरहेका थिए ।

आफ्नो मन्तव्य सकिएपछि प्रचण्ड सोफामा बसे। बोल्ने पालो आयो अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको । ओलीले मन्तव्य दिइरहेको केही समय भएको थियो प्रचण्डले दाहिनेतिर हेरेका थिए । त्यहाँ नेता नेपाललाई नदेखेपछि विष्णु पौडेललाई सोधे, माधव कामरेड खोइ? विष्णु पौडेल प्रचण्डको काननजिक गए । उनले प्रचण्डलाई नेता नेपाल कहाँ गएको भनेर कानेखुसीमा जानकारी दिएका थिए।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्