Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारद्वारा ५० स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्ने स्वीकृति

मकवानपुर : प्रदेश-३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल खरिद गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आवश्यकताअनुसार प्रचलित कानुनबमोजिम खरिद गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले ससर्त अनुदानको व्यवस्था गर्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

सरकारले ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र सातवटा शवबाहन माग भएकोले सोहीअनुसार खरिद गर्न सशर्त अख्तियारी प्रदान गरेको प्रवक्ता ढुंगेलले जानकारी दिए । र पालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ। बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा। यमुना कँडेल खनाललाई नियुक्त गरेको गरेको छ ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्