Logo
११ बैशाख २०८१, मंगलबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुईवटा पार्टी मिल्छ भन्ने किन थाहा पाएनन् ज्योविषिले ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ज्यातिषिहरुले गरेका भविश्यवाणी गलत भएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘कहिले पार्टी फुट्छ भन्ने, कहिले यो महिना टुक्रिन्छ भन्ने दुईवटा पार्टी मिल्छ भन्ने किन थाहा पाएनन् ज्योविषिले?,’ प्रधानमन्त्री अ‍ोलीले प्रश्न गरे ।

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले उनले मेलम्ची खानेपानी आयोजनामा ठेकेदार कम्पनी भाग्दा केही ढिला भएको भएपनि मेलम्चीको पानी ल्याएरै छाड्ने बताए ।
उनले आफ्नो पार्टीको नेतृत्वको सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै केही दिनपछि चमत्कार गरेर देखाउने समेत बताए ।

प्रधानमन्त्री केपी ओलीले सरकारको उद्देश्य अरु केही नभएर शान्तिसुरक्षा प्रदान गर्ने, विकास निर्माण अघि बढाउने र लोकतन्त्रलाई मजवुत बनाउने भएको बताए । प्रदेश र स्थानीय सरकारलाई समेत साथै लिएर अघि बढ्ने भन्दै सवै जनप्रतिनिधि संस्था, प्रशासनिक निकाय विकासका लागि प्रयोग गर्ने बताए ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्