Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता प्रकृया टुङ्ग्याउनु फलामे ढोका फोरे सरह भयो : अध्यक्ष दाहाल

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एकता प्रकृयामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरे सरह भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औँ पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९ औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको पनि सुनाएका हुन् ।

उनले एकता प्रकृयामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रकृयाले पूर्णता पाउने दावी गरे । उनले शुभचिन्तकहरुको दबाबले पनि एकता प्रकृयालाई सहयोग पुर्याएको भन्दै प्रचण्डले त्यसका लागि सवैलाई धन्यवाद दिए ।

– समाजवादको रणनीतिमा अघि बढ्ने योजना हामीले अघि सारेका छौँ, यो आफैमा युगान्तकारी प्रयोग हो ।

– हिजोका बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव छैन । जरुरी पर्दा मात्रावाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्दैन ।

-विचारलाई विकसित र राजनीतिक रणनीतिलाई विकसित गर्दै अगाडि बढ्न सकेनौ भने दुईवटा विकृति रहन्छन् । जडसुत्रबादी र आत्मसमपर्णवादी विचारलाई महिमामण्डित गाउने प्रवृति संसरभर देखेका छौँ । नेपालमा पनि त्यसविरुद्ध संघर्ष गरिरहेका छौ ।

-वस्तुवादी आवाश्यक्तलाई टेकेर राजनीतिक सिद्धान्त अंगिकार गर्नुपर्ने आवाश्यक्ता छ ।

-वैचारिक, राजनीतिक र सांगठानिक रुपमा आक्रमक बनाउने प्रयास गरेका छौँ । यो हाम्रा अग्रजहरुको हामीले चलाएको वैचारिक संघर्ष र बहसको हामीले चलाएको वर्गसंघर्ष र आन्दोलनसँगै हाम्रो पार्टी एक आक्रमक मोर्चाका रुपमा रहेको छ । यसलाई संसारका नयायप्रेमी र कम्युनिष्टहरुले चासो र गहिरो अध्ययनन गरेको अवस्था छ ।

-अर्कोतिर देशभित्र र बाहिरका प्रतिकृयावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन एकता र आक्रमक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरेको हामी सवै बुझेका छौँ । हामीले १२ बुँदे समझदारीमार्फत एउटा नया आन्दोलन थाल्यौँ ।

-जनयुद्ध

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्