Logo
७ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता सलमान खान र कट्रिना कैफको ‘भारत’ अफिसियल ट्रेलर सार्वजनिक

मुम्बई : बलिवुडको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलमान खान र कट्रिना कैफको प्रमुख भूमिकामा भएको यस फिल्ममा सलमानले युवादेखि वृद्धसम्मको भूमिकामा रहेका छन् । यस अघि गत सोमबार जारी फिल्मक पहिलो पोष्टरमा सलामान एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत गरिएको थियो ।

यस फिल्ममा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनको ६ अलग-अलग लुक्स रहेको बताइएको छ । फिल्म यही जुन ५ मा रिलिज हुँदैछ । यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री कटरीना कैफ रहेकी छन् । त्यस्तै फिल्ममा अभिनेता जैकी श्राफले सलमानको पिताको भूमिका निभाएका छन् ।

फिल्ममा अभिनेत्री दिशा पाटनी, सोनाली कुलकर्नी, सुनिल ग्रोवरको पनि अभिनय छ । फिल्मलाई अली अब्बास जाफरले निर्देशन गरेका छन् । जाफरले यसअघि सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’  फिल्म बनाएका थिए ।

 

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्