Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्राहकहरुलाई मध्यनजर गर्दै सुजुकी मेगा एक्सचेञ्ज मेला सुरु

काठमाडौं : सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता भीजी अटोमोबाईल्सले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै सुजुकी मेगा एक्सचेञ्ज मेला सुरु गरेको छ ।

इन्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाईल्सले यहि बैशाख ९ गते देखि १५ गते सम्म नेपाल भरीका शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेको हो ।

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ । यस अन्तर्गत गुड्दै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिने र नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवा पुस्ता आकर्सित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने कम्पनीको दावी छ । त्यसैगरी सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्