Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको जिल्ला नेतृत्वको लिस्ट बाहिरिएपछि कार्यक्रमस्थलबाट बाहिरिए माधव नेपाल

काठमाडौं : नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सोलगत्तै उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

अहिले मन्चमा केपी ओली र प्रचण्डसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेललगायतका नेताहरू छन् ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्