Logo
१५ चैत्र २०८०, बिहीबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैधानिक विवाह गरेका श्रीमानले पेट्रोल छर्केर श्रीमतीलाई आगो लगाए, तर समस्या भने दाइजो होइन

धनुषा : अवैधानिक विवाह गरेकी धनुषाकी १६ वर्षीया निर्मला यादव जन्मघर त्यागेर मुकेशकुमार यादवको घरमा भित्रिएको एक वर्ष पनि भएको छैन ।  तर, सबथोक त्यागेर आएका उनी मुकेशले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ । कीर्तिपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत निर्मलाका अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

१८ वर्षका मुकेशकुमार यादवले वैशाख पाँच गते दिउँसो साढे चार वजेतिर पेट्रोल छर्केर आगो लगाएका हुन् । विहान श्रीमानसँग सामान्य झगडा भएको र त्यसकै निहुँमा दिउँसो आगो लगाएको उपचारत निर्मलाले बताइन् ।

‘विहान खान खान आउनुस् भनेर बोलाउँदा किन बोलाएको भन्दै झगडा गर्न तम्सनुभयो, कुटपिट गर्नुभयो । चार वजेतिर मदिरा सेवन गरेर आएर यो हालत बनाउनुभयो’, निर्मलाले आँशु झार्दै भनिन् ।

निर्मलाका आफन्त सोनु यादवकाअनुसार घटनाको बेला परिवारको अन्य सदस्य खेतमा काम गर्न गएका थिए । दिउँसोको त्यस्तै साढे चार बजेको थियो । मुकेशले पेट्रोल किनेर ल्याए । पेट्रोल किराना पसलमा राखेर घर छिरे ।

उनीहरुको किराना पसल छ । त्यतिबेला मुकेश मदिराले मात्तिएका थिए । श्रीमतीसँग केहीबेर झगडा गरेपछि मुकेशकुमारले तानेर कोठामा पुर्‍याए, कुटपिट गरे । दराजका कपडाहरु झिकेर छरपस्ट पारे ।

किराना पसलमा गएर बोटलको पेट्रोल ल्याए र निमर्लाको शरिरमा छर्कन थाले । सलाई कोरेर आगो लगाए र ढोका थुनेर भागे । शरीर बोलिरह्यो, निर्मला चिच्याइरहिन् । निर्मलाको चिच्चाहट छिमेकीको कानसम्म पुग्यो ।

तत्काल छिमेकी घरमा आए र निर्मलाको शरिरमाथि पानी खन्याए । यो खवर आफन्तसम्म पुगेपछि उनीहरु घर फर्किए र निर्मलालाई जनकपुर अञ्चल अस्पताल पुर्‍याए ।

श्रीमान जडिया रहेको र त्यो दिन घरमा कोही नरहेको बेला एकाएक हत्या गर्ने प्रयास भएको निर्मालाले बताइन । यो घटनामा दाइजोको कुनै कारण छेन उनले भनिन् बिना खोज अनुसन्धानको समाचार प्रभाव भइरहेको र त्यसमा दाइजोको विषय जिकिर गरिएको उनले बताइन । यद्यपी, माइती र ससुरा दुबै पक्ष आर्थिक स्थितिले कमजोर रहेपनी उपचारमा भरपुर सहयोग भइरहेको उनले बताइन् ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्