Logo
१५ चैत्र २०८०, बिहीबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाइजो नदिएको झोकमा श्रीमतीको हातखुट्टा बाँधेर जिउदैं जलाएर भागे श्रीमान

धनुषा : लागू पदार्थ दुर्व्यवसनमा फसेका एक यूवाले दाइजो नदिएको झोकमा श्रीमतीको जिउमा मट्टीतेल खन्याएर  आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् ।

धनुषाको शहिद नगरपालिका वडा नम्बर १ स्थित पुरवारी टोल चिरैया बस्ने २४ वर्षीय मुकेश गोइत यादवले पत्नी निर्मला यादवलाई घरमा कोही नभएको बेला कुटपीट गर्दै हातखुट्टा बाँधेर जलाएका थिए । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।

निर्मलालाई ढोका थुनी आगो लगाएपछि छिमेकीहरुले चिच्याएको आवाज सुनेपछि ढोका फोडेर तत्कालै आगो निभाएका थिए। तत्कालै निर्मलाको उद्धार गरिए पनि छाती र पेटसम्म करिब ३५ प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए। निर्मला र मुकेशको विहे भएको १० महिना मात्र भएको थियो । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौँ स्थित वर्न हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्