Logo
७ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकतामा भाँजो हाल्ने काम धेरै भयो, तर अब एक वर्षभित्र महाधिवेशन गर्छौं : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए ।

जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए । ‘अब हामी एक छिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालय (समितिको बैठक) मा पनि भनेका छौं । ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न्न गरिसक्नुपर्नेछ’ प्रचण्डले भने ।

पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने उनले बताए । नेपाल कम्युननिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्वलाई एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य कसरतहरु भएको दाबी गरेका छन्। प्रचण्डले एकतामा भाँजो हाल्नेहरु बारे केही खुलाएनन्।

‘हामीले नेपाली जनतासँग गरेको बाचा अनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं,’ नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने। प्रचण्डले नेपालको शान्ति प्रक्रियाप्रति पनि शंका पैदा गर्ने कोसिस भएको बताए।

‘हाम्रै घर आँगनमा मौलिक ढंगले पैदा भएको शान्ति प्रक्रियाप्रति शंका पैदा गरियो,’ उनले भने, ‘यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम छ भन्ने कुरामा आशंका गरियो।’ जनयुद्ध र जनआन्दोलनलाई एकअर्काको पुरक बनाउँदै आफूहरु साहसका साथ अघि बढेको उनले बताए । ‘दुई कम्युनिस्ट पार्टी, दुई विचारधारा र प्रयोगबाट अघि बढेका कम्युनिस्ट नेताहरु साहसका साथ अघि बढ्यौं,’ प्रचण्डले भने

पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरु जिम्मेवार भएको उनको भनाइ थियो। एक वर्षमा पार्टी एकता हुँदैन कि भन्ने अशंका उब्जिए पनि त्यसको गाँठो फुस्किएको भन्दै उनले थपे, ‘पार्टी एकतालाई अन्तिम रुपमा दिने फलामे ढोका फोडेका छौं। जिल्ला अध्यक्ष र सचिवको विषय थियो त्यसो टुंगिएको छ।’

सजिलो नभए पनि पार्टी एकताको मिसन पूरा गरेको भन्दै प्रचण्डले यसबाट प्रतिक्रियावादीका लागि झट्का लागेको र आफूहरुका लागि नयाँ उत्साह भएको बताए। उनले पार्टीले माक्सवाद, लेनिनवाद विचारधारमा टेकेर समाजवादतिरको यात्रामा अघि बढ्ने समेत उनको भनाइ थियो।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्