Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारसँग वार्ता गर्न राप्रपाले बनाए दीपक बोहरालाई ‘कमाण्डर’

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए ।

सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो । राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने तय भएको रातोपाटीलाई जानकारी गराए ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्