Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् सृजनशील हातहरु : कतै गोलभेडाको खेती, कहिँ छालाबाट डोको निर्माण (फोटोफिचर)

कञ्चनपुरको सुनवोरा नदी बगरमा उत्पादन गरिएको तरभुजा बजार लैजान संकलन गर्दै किसान । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर
कञ्चनपुरको सुनवोरा नदी बगरमा किसानले बिक्रीका लागि उत्पादन गरेका वेमौसमी काक्रा, लौका । किसानले बगरमा उत्पादन गरेका काक्रा, तरभुजा, खरभुजालगायत तरकारी काठमाडौँलगायत विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर
बनेपा नगरपालिका –४ स्थित नालामा टनेल भित्र लगाइएको गोलभेडा खेतीको हेरविचार गर्दै किसान । तस्बिर : पेमा लामा, रासस बनेपा ।
मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कका स्थानीयवासी आगामी कार्ययोजनाबारे छलफल गर्दै । तस्वीर : कृष्ण न्यौपाने, रासस, दमौली, (तनहुँ)
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बेनी नगरपालिका–२ हाँडेभीरमा आयोजना गरेको ७नतसम शिविरमा नेकपा म्याग्दीका नेता तथा कार्यकर्ताले ७नतसमदान गरी सडक मर्मत गर्दै । तस्बिरः कमल खत्री, रासस, बेनी (म्याग्दी)
म्याग्दीको मालिका गाउँपालिका स्थित विममा किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी टनेलमा बिरुवा उमार्ने प्रयोगात्मक अभ्यास गर्दै । तस्वीर : धु्रबसागर शर्मा,रासस,म्याग्दी (गलेश्वर)
भैँसीको छालाबाट डोको निर्माण गर्दै रोल्पा नगरपालिका–२ का श्यामलाल पुन । चोयाका डोका भन्दा भँैसीको छालाबाट निर्मित डोका ढुंगा माटो बोक्न धेरै टिकावट हुने गर्दछ । तस्वीर : उमा केसी, रासस, रोल्पा

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्