Logo
७ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर महानगरपालिकालाई कर्मचारी व्यवस्थापन गर्न कठिनाइ

ललितपुर : भवन अभाव हुँदा ललितपुर महानगरपालिकालाई कर्मचारी व्यवस्थापन गर्न कठिनाइ भएको छ । कर्मचारी आइरहे पनि पर्याप्त भवन नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ ।

महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका छन् । महानगरपालिकामा पहिले नै झण्डै ३०० कर्मचारी कार्यरत थिए ।

एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझै बढेको उनले बताए । महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन् ।

ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको छ । महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन् । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरु भइसकेको छ ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्