Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोसल नेटवर्कमा बढ्दो ह्याकिङ को समस्या, सतर्क रहनुहोला

संसारभरीका लाखौं मानिसले आफ्ना संवेदनशील अकाउन्टमा सम्झनलाई सजिलो हुने पासवर्ड राख्ने गरेको नयाँ अध्ययनले बताएको छ । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले ह्याक भएका धेरैजसो अकाउन्टमा १२३४५ पासवर्ड राखेको पत्ता लगाए ।

मानिसहरुमा साइबर ज्ञानको कमीले निम्त्याउने खतराबारे पनि यसमा अनुसन्धान गरेको छ । एनसीएससीका अनुसार मानिसहरुले आफ्नो पासवर्ड बलियो बनाउन सम्झन सक्ने तीनवटा ‘स्ट्रिङ’ प्रयोग गर्नुपर्छ । आफ्नो पहिलो साइबर सर्वेक्षणमा एनएससीएसले ह्याक गरिएका डाटाबेसमा कस्ता शब्द, वाक्य वा स्ट्रिङ प्रयोग गरिएका छन् भनेर अनुसन्धान गर्यो ।

सबैभन्दा बढी ह्याक भएका पासवर्डको शीर्ष स्थानमा १२३४५ रह्यो । यो करिब २ करोड ३० लाख प्रयोगकर्ताले यो पासवर्ड राखेका थिए । दोस्रो स्थानमा रह्यो १२३४५६७८९ रह्यो भने शीर्ष पाँचमा ‘QWERTY’ र ‘१११११११’ रहेका छन् ।

यस्तै, जसले आफ्नो पासवर्डमा ब्कजभिथ, Ashley, Michael, Daniel, Jessica र Charlie लगायतका नाम राखेका छन्, ती पनि धेरै ह्याक हुने गरेको अनुसन्धानमा खुलेको छ ।

साथै, निकै सजिलै अनुमान गर्न सकिने पासवर्डमा फुटबल टिमको नाम पनि पर्छ । जसमध्ये लिभरपुल पहिलो स्थानमा छ भने च्याम्पियन्स र चेल्सी दोस्रो धेरै ह्याक हुने पासवर्ड हुन् । साथै, संगीतका धेरैजसो पारखीले पासवर्ड ब्लिङ्क-१८२ राख्ने गरेको जुन सजिलै ह्याक गर्न सकिने उक्त अनुसन्धानले बताएको छ ।

‘जसले विश्व प्रसिद्ध व्यक्तिको नाम पासवर्डमा राख्छन् उनीहरुको अकाउन्ट पनि ह्याक हुने खतरा अत्यधिक भएको पाइयो,’ डा. इयान लेभी, एनसीएससीका प्राविधिक निर्देशकले बताए ।

‘आफ्नो निकै संवेदनशील डाटा जोगाउनका लागि निकै सजिलै अनुमान गर्न सकिने पासवर्ड जस्तै, आफ्नो पहिलो नाम, स्थानीय फुटबल समूह र मनपर्ने ब्यान्डको नाम राख्नुहुँदैन,’ उनले भने ।

अनुमान गर्न गाह्रो :

एनसीएससीले केही मानिसहरुलाई आफ्नो सुरक्षा र डरबारे पनि प्रश्न सोधेको छ । तीमध्ये ४२ प्रतिशतलाई आफ्नो पैसा अनलाइन ठगीमा डुब्ने हो कि भन्ने चिन्ता छ भने १५ प्रतिशतलाई आफूलाई अनलाइनमा कसरी सुरक्षित गर्ने भन्नेबारे थाहा छ ।

अनुसन्धानमा संलग्न आधाले मात्र आफ्नो इमेल अकाउन्टमा अनुमान गर्न गाह्रो पासवर्ड राखेको बताए । ह्याक भएका अकाउन्टको डाटाबेस संकलन गर्ने सेक्युरिटी एक्सपर्ट ट्रोय हन्टले राम्रो र बलियो पासवर्ड राख्दा मात्रै आफू अनलाइनमा सुरक्षित हुनसक्ने बताए ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्