Logo
८ बैशाख २०८१, शनिबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका अध्यक्षको निधनको खबरपछि राजपा नेपालको पदाधिकारी बैठक स्थगित

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा चारवटा एजेण्डा प्रस्तुत भएको छ । महधिवेशनको मिति र तयारी, समसामयीक राजनीतिक परिस्थि, स्थानीय तह र प्रदेश सरकारको काम कारवाही र पार्टी एकीकरण गरी चारवटा एजेण्डा प्रस्तुत भएको छ ।

पार्टी कार्यालय बबरमहलमा आजदेखि शुरु भएको पदाधिकारी समितिको बैठकमा पार्टी अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एजेण्डा प्रस्तुत गरेको पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले बताए ।

महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्ष विनोद चौधरीको निधन भएको कारण बैठकमा एजेण्डा मात्र प्रस्तुत गरि स्थगित गरिएको उनले जानकारी दिए । चौधरी राजपा नेपालका नेता थिए । बैठक सोमवार पुनः बस्नेछ ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्