Logo
१२ बैशाख २०८१, बुधबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिबको लागयो टुंगो

नेकपा सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिबको टुंगो लगाएको छ । आइतबार बालुवाटारमा बसेको बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए ।

सोमबार २२ अप्रिलको दिन कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको हो ।

त्यसअघि दुई अध्यक्षले पदाधिकारीको अन्तिम प्रस्ताव तयार पारेर सचिवालयमा पेश गर्ने सहमति भएको छ । आज विहान बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच भएको छलफलपछि यो समझदारी भएको हो ।

स्रोतका अनुसार विभिन्न मापदण्डमा छलफल हुँदा पनि विशेषगरी पूर्वएमालेभित्र केपी ओली र माधव नेपाल समूहबीच सहमति हुन नसकेपछि जनप्रतिनिधिलाई जिल्ला नेतृत्वबाट बञ्चित नगर्ने समझदारी नजिक नेताहरु पुगेका छन् ।

यसअघि साबिक एमालेको जिल्ला अध्यक्ष रहेका नेताहरु अहिले जनप्रतिनिधि भए पनि उक्त जिल्ला अध्यक्ष एमालेको भागमा परेमा सोही जिम्मेवारीमा रहन पाउनेछन् ।

अहिले जिल्ला नेतृत्व जिम्मा दिँदा कम्तिमा ६ महिनाको अवधि दिएर जिल्ला अधिवेशनहरु गरिसक्नुपर्ने म्याण्डेट दिन लागिएको स्रोतले जनाएको छ ।

पूर्व माओवादीमा भने कुनै पनि मापदण्डले काम नगर्ने भएकाले अध्यक्ष प्रचण्डले दिने नामनै अन्तिम हुनेछन् । उनले बादल र नारायणकाजी श्रेष्ठ समूहलाई समेट्नुपर्ने छ ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्