Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँबाट जन्ती बोकेर आएको बलेरो जिप दुर्घटना, एकको मृत्यु

धनगढी : बझाङको खप्तड छान्‍ना गाउँपालिकामा विवाहको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाकै लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको हो।

आइतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ वर्षीया बासुदेव जोशीको घटनास्थलमा मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन्। घाईते हुनेहरुमा चेतराज जोशी , गोकर्ण जोशी , नरेश प्रसाद जोशी , डम्मर प्रसाद जोशी, देबराज जोशी , सुकदेव जोशी र गाडी चालक जयराज जोशी रहेको प्रहरीले जनाएको छ।

चेतराज जोशीको गम्भीर चोट लागेको भए पनि अन्यको अबस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल सिमखेतमा उपचार भईरहेको मृतकका आफन्त ईश्वर प्रसाद जोशीले बताए।

नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त गाडी गाउँबाट एक घण्टा हिडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।

तमैलवाट छान्ना हुदै अहिले सेती लोकमार्ग अन्तरगतको सडकमा जिपहरु चन्ने गर्दछन्। मृतक जोशीलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईको छ । विवाहको जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह स्थगित गरिएको छ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्