Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलाएको केही समयमै देखियो सामसुङको फोल्डिङ फोनमा समस्या

दक्षिण कोरियाली स्मार्टफोन तथा प्रविधि कम्पनी सामसुङले गत फेब्रुअरी महिनामा मात्र नयाँ ग्यालेक्सी फोल्ड स्मार्टफोन सार्वजनिक गरेको थियो। यस फोन विश्वकै पहिलो फोल्डिङ फोन हो। जुन किताबजस्तै खोल्न र बन्द गर्न सकिन्छ।

यस फोनबारे समीक्षागर्न सामसुङले विश्वका चर्चित समाचार संस्थाहरुलाई यस फोल्डिङ फोन वितरण गरेको थियो। तर यतिबेला केही समीक्षक प्रयोगकर्ताले यस फोनमा समस्या आएको बताएका छन्।

प्रयोगकर्ताहरुले फोन प्रयोग गरेको केही दिनमै यसको डिस्प्लेमा समस्या देखिएको फोटो र भिडियोहरु सार्वजनिक गरेका छन्। सामसुङले आफ्नो उत्पादनमा देखिएको समस्याको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

यस फोनको मूल्य २ हजार अमेरिकी डलर पर्दछ। प्रयोगकर्ताले सामाजिक संजालमा आफ्नो समस्याबारे सामसुङलाई बताएका छन्। सामसुङले यस फोनका समस्याहरु समाधान गर्ने जनाएको छ।

फोनको फिचर यस्तो…

पेन्सिल बक्स जस्तो देखिने यस फोन पुरा खोल्दा ७ दशमलब ३ इन्चको हुन्छ । यसको मतलब फोल्डहुँदा मोबाइल फोन बन्छ भने पुरा किताबजस्तो खोल्दा ट्याबलेट जस्तो हुन्छ।

यस फोनमा एकै पटक ३ वटा एप्लीकेशन प्रयोग गर्न सकिनेछ। यसको लागि एपलाई ट्याबलेट मोडबाट फोन मोडमा परिवर्तन गर्नुपर्छ। २ वटा व्याट्रि हुने यस फोनको व्याट्री व्याकअप समेत मजबुत रहेको छ। ६ वटा क्यामेरा भएको यस फोनमा जताबाट पनि फोटो खिच्न सकिनेछ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्