Logo
८ बैशाख २०८१, शनिबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भारत’मा अभिनेता सलमानका ५ दमदार लुक (भिडियो)

नयाँदिल्ली :  बलिउडका सुपरस्टार सलमान खान अभिनित बहुप्रतीक्षित फिल्म ‘भारत’को पहिलो भिडियो सार्वजनिक भएको छ।

अलि अब्बास जफरद्वारा निर्देशित फिल्मलाई सफल बनाउनका लागि कुनै कसर बाँकी नराखिएको बताइएको छ। भारतको यसअघि सार्वजनिक गरिएको  ५ पोस्टरमा सलमान भिन्दाभिन्दै रुपमा देखिएका थिए।

निर्माण युनिटले पोस्टरमा देखिएका सलमानका तिनै ५ रुपलाई पहिलोपटक भिडियोका रुपमा सार्वजनिक गरेको छ।

३५ सेकेन्डको उक्त भिडियोमा सलमानको १९६५ देखि २०१० सम्मका ५  रुपलाई प्रस्तुत गरिएको छ। दक्षिण कोरियन फिल्को रिमेक फिल्मका रुपमा रहेको आउँदो जुन ५ मा प्रदर्शनमा आउँदै छ। फिल्ममा सलमानका अलावा कैटरिना कैफ, दिशा पटानी लगायतका कारकारको मुख्य भूमिका रहेको छ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्