Logo
७ बैशाख २०८१, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशक रेनशा र निर्माता प्रज्ज्वल भए “अफिसियल्ली इन्गेज्ड”, २४ गते बिहे गर्ने तयारीमा

काठमाडौँ :  निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले इन्गेजमेन्ट गरेका छन्।

आइतबार राजधानीको शंकर होटलमा दुवै परिवार र आफ्न्तको उपस्थितिमा औंठी साटासाट गरेका हुन्। आइतबार टीकोटालो गरे पनि उनीहरुले लगनगाँठो भने यही बैशाख २४ गते कस्ने भएका छन्।

विगत १० वर्षदेखि प्रेम सम्बन्ध रहेका उनीहरुले विवाहपछि पनि आ-आफ्नो पेसालाई निरन्तरता दिने बताएका छन्। कोरियोग्राफी गर्दै आएकी रेनशाले ‘इन्टु मिन्टु लन्डनमा’बाट निर्देशनमा हात हालेकी हुन्। उक्त, फिल्मका निर्माता प्रज्ज्वल हुन्।

रेनशाले विवाह लगत्तै आईएम ट्वान्टीवान’को निर्देशन गर्ने कार्यक्रममा जानकारी दिइयो। उक्त फिल्मको निर्माण पनि प्रज्ज्वलले नै हुन् ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्