Logo
१३ बैशाख २०८१, बिहीबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका अध्यक्ष विनोद चौधरीको ४५ वर्षको उमेरमा निधन

महोत्तरी :  महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ ।

शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आइतबार ४५ वर्षको उमेरमा निधन भएको हो । उनको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । उनले राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचित भएकै बेलादेखि उनी शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्