Logo
१२ बैशाख २०८१, बुधबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजीवन कारावासको सजाय सुनेपछि भाजपा सांसद चन्देल अदालतबाटै भागे

भारत : इलाहाबाद उच्च अदालतले भारतीय जनता पार्टीका विधायक अशोकसिंह चन्देललाई आजीवन काराबासको सजाय सुनाएको छ। फैसला हुँदासम्म अदालत परिसरमै रहेका उनी केही समयमै फरार भएका छन्।

उत्तर प्रदेशको हमीरपुर जिल्लामा २२ वर्ष पहिला भएको एक सामूहिक हत्याकाण्ड मुद्दामा फैसला गर्दै अदालतले भाजपा विधायक चन्देलसहित १० जनालाई आजीवन कारावासको सजाय सुनाएको हो।

सजाय घोषणा हुँदा विधायक चन्देल अदालतमै थिए। तर दोषी ठहर भएको फैसला सुनेपछि भने फरार भएका छन्। सो सामूहिक हत्याकाण्डमा एकै परिवारका पाँच जनाको ज्यान गएको थियो।

घटनामा दोषीलाई सजाय माग गर्दै भाजापाकै नेता राजीश शुक्लाले उजुरी गरेका थिए। उनको जिकीरलाई आशिंक स्वीकार गर्दै उच्च अदालतले जिल्ला अदालतको सफाई दिने फैसलालाई उल्टाएको हो।

२००२ जुलाई २ मा उनीहरुले जिल्ला अदालतबाट सफाई पाएका थिए। त्यसविरुद्ध सरकार र भाजपाका नेता शुक्ला उच्च अदालत पुगेका थिए।

१९९७ जनवरी २६ मा शुक्ला र चन्देलबीच हमीरपुरको सुभाषनगरमा वादविवाद भएको थिय। पछि यसले ठुलो झगडाको रुप लिँदै गोली हानाहानसम्म पुगेको थियो।

सो गोली काण्डमा परी नेता शुक्लाका दुई भाई राकेश शुक्ला र राजेश शुक्ला, नौ वर्षका भतिजा अम्बुज, वेद नायक र श्रीकान्त पाण्डेको मृत्यु भएको थियो।

घटनाका प्रत्यक्षदर्शी राजीबले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले अशोकसिंह चन्देल, रघुवीर सिंह, डब्बु सिंह, उत्तम सिंह, प्रदीप सिंह, नसीम, श्याम सिंह, झन्डु र भान सिंहविरुद्ध मुद्दा दायर गरेका थिए।

घटनामा दुई बालक र अन्य ५ जना घाइते भएका थिए। २००२ को जुलाईमा जिल्ला एवं सत्र न्यायाधीशले चन्दलसहित सबैलाई सफाइ दिएको थियो।

सामूहिक हत्याको सुनुवाइपछि सफाइ दिने न्यायाधीश अश्विनी कुमार यसअघि नै कारबाहीमा समेत परिसकेका छन्। उनीमाथि छानबिन गरी पदबाट बर्खास्त गर्ने निर्णय भएको थियो।

विधायक चन्देलमाथि व्यापारी रणधीर गुप्ताको दिन दाहाडै हत्या गरेको आरोप समेत लागेको छ। निर्दलीय राजनीतिका समर्थक चन्देल पछि भाजपा प्रवेश गरेका थिए।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्