Logo
११ बैशाख २०८१, मंगलबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी–प्रशासनकै मिलेमतोमा तस्करी, पिकअपसहित लाखौंको अवैध मरिच बरामद

सप्तरी : सप्तरीको सिमावर्ती नाँकाहरुमा पछिल्लो पटक स्थानीय प्रहरी प्रशासनकै मिलोमतोमा चोरी तस्करी भईरहेको खुलासा भएको छ । सिमा सुरक्षार्थ खटिएका प्रहरी प्रशासनकै मिलोमतोमा अवैध समानहरु नेपालबाट तस्करी भई भारततर्फ निकासा भईरहेको रहस्य खुलेका छन ।

यसैक्रममा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ स्थित नेपाल भारत सिमादशगजा क्षेत्रमा ईलाका प्रहरी कार्यालय सखडा सप्तरीबाट खटिएको प्रहरी टोलिले लाखौंको अवैध मरिच जफत गरेको छ ।

उत्तर दक्षिण सडक बाटोमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को.१ च ९०३९ पिकअपमा चोरी निकासी गरी अबैध रुपमा भारततर्फ लादै गरेको मरिच फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीको टोलीले २५ किलोको बोरामा १०० बोरा मरिच र पिकअप सहित करिब १६ लाख मुल्य बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले पिकअप गाडीका चालक सुनसरीको छिटाहा वडा नं. ६ निवासी २८ बर्षिय सुन्दर सुतिहारलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यता मरिच र पिकअप गाडी समेतलाई आबश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाईएका प्रहरीले जनाएको छ ।

यसैबिच बरामद गरिएको मरिच कोचाबखारीबाट पक्राउ गरेको श्रोतबाट बुझिएको छ । श्रोतका अनुसार प्रहरीले दमङ्ग तरीकाबाट छिन्नमस्ताको सखडाबाट बरामद गरेको भनेपनि समान अर्कै ठाउँबाट पक्राउ परेको श्रोतले जनाएको छ ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्