Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुजाले सस्तो लोकप्रियताका लागि नौटंकी गरेको कलाकार निराजनको जिकिर

जनकपुरधाम : निराजन मेहताले सस्तो लोकप्रियताका लागि निर्देशक पुजा पासवानले मुख्यमन्त्रीको अगाडी नौटंकी गरेको जिकिर गरेका छन । जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित चारदिने प्रदेश स्तरिय नाटक एवं चलचित्र सांस्कृतिक महोत्सवको अन्तिम दिन बुधबार समापन समारोहमा नयाँ चर्चा र सस्तो लोकप्रियता बनाउन पासवानले आयोजकले आफ्नो चलचित्र प्रदर्शन नगरेको झुठो आरोप लगाएको उनले दावी गरे ।

आयोजकले बैशाख १ गते नै पुजाको चलचित्र “दहेजक पीडा” प्रदर्शनका लागि समय उपलब्ध गराएपनि पुजाको आफ्नै प्राविधिक त्रुटिका कारण उनको चलचित्र प्रदर्शन हुन नसकेको निराजनले बताए । उनले भने-पुजालाई सेड्युल अनुसार नै उनको चलचित्र प्रदर्शनका लागि समय दिइएको थियो तर प्रदर्शनको अन्तिम समयमा आएर उनको हार्ड डिस्क भित्र रहेको चलचित्र प्राविधिक कारणले चल्न सकेन, यसमा आयोजकको के दोष ? उनले आफ्नो चलचित्र “मधेशी पुत्र-१”समेत प्रदर्शन गर्न नसकेको बताए ।

कलाकार मेहताले पासवानको यस्तो हर्कतप्रति आपत्ति जनाएका छन । साथै सञ्चारकर्मीहरुलाई समेत सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन/प्रसारण गर्न आग्रह गरेका छन एउटी महिला भएकै कारणले आफुले निर्देशन गरेको चलचित्रलाई महोत्सवमा प्रदर्शन नगरिएको भन्दै महिला कलाकार पुजा पासवानले मुख्यमन्त्री लालबाबू राउतको अगाडि नै आयोजकमाथि बिभिन्न आरोप लगाएकी थिईन ।

जनकपुरधाममा प्रदेश स्तरीय नाटक एवम चलचित्र सांस्क़ृतिक महोत्सवको चौथो दिन मुख्यमन्त्री राउत प्रमुख अतिथि रहेको बेला आफु बेटी जात भएकोले आयोजकले विभेद गरेको भन्दै कांखे वालकलाई बोकेर मंचमा गई पुजाले रूवावाशी गर्दै आफ्नो चलचित्र प्रदर्शन गर्न मांग गरेकी थिइन ।

यता, महोत्सव आयोजक उपेन्द्र भगत नागवंशीले पनि आफुमाथि लगाइएको आरोप निराधार रहेको भन्दै पुजालाई आर्थिक चलखेल प्रमाणित गर्न चुनौती दिएका छन ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्